कृषि उपजको मूल्य अब एसएमएसबाटै

farmer-sms_sciencedialogकृषकले अब आफूले उत्पादन गरेका कृषि उपजको बजार मूल्य एसएमएसबाटै थाहा पाउने भएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ/कृषि उद्यम केन्द्र नेपालगञ्जले किसानका बजार मूल्य एसएमएसबाटै उपलब्ध गराउने व्यवस्था मिलाएको हो । यो व्यबस्था लागू भएपछि किसानले घरमै बसेर बजारमा कुन कृषि सामानको मूल्य कति छ थाहा पाउन सक्नेछन् । यसबाट किसानलाई आफूले उत्पादन गरेका सामान बजार भाउअनुसार विक्री गर्न सघाउ पुगेको छ ।

नेपालगञ्जमा आयोजना गरिएको एक कार्यक्रमबीच साना तथा मझौला कृषि विकास परियोजना निर्देशक गोकर्णराज अर्याल र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले एसएमएस सेवा शुभारम्भ गरेका हुन् । परियोजनाको सहयोगमा एसएमएस सेवा सञ्चालनमा ल्याइएको हो । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठले यो सेवाबाट किसानले घरमै बसीबसी बजारमा आफ्नो उत्पादनको मूल्य जानकारी लिन सक्ने बताए ।

कृषि उद्यम केन्द्रले परियोजना सञ्चालन भएका मध्य तथा सुदूरपश्चिमका १० जिल्लामा कृषि सूचना प्रणाली सञ्चालन गर्दै छ । त्यसअन्तर्गत उत्पादनको मूल्यसूची सङ्कलन गरेर केन्द्रले प्रसारण गर्ने व्यवस्था मिलाउनेछ ।

यसैबीच, मध्यश्चिमका १० जिल्लाका उद्योग वाणिज्य सङ्घ, कृषि विकास कार्यालय र कृषि क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधिलाई नेपालगञ्जमा दुई दिने कृषि सूचना प्रणाली अभिमुखीकरण तालीम प्रदान गरिएको छ । बुधवारदेखि सुदूरपश्चिमका परियोजना सञ्चालित जिल्लाका उद्योग वाणिज्य सङ्घ, कृषि विकास कार्यालय र गैरसरकारी संस्थाका कर्मचारीलाई तालीम दिन शुरू गरेको छ । मध्य तथा सुदूरपश्चिमका १० जिल्लामा साना तथा मझौला कृषि विकास आयोजनाले सन् २०१७ सम्म करीब ३३ मिलियन डलर कृषिको व्यवसायीकरणका लागि लगानी गर्दै छ । आयोजनापछि पनि यसलाई निरन्तरता दिन विभिन्न पूर्वाधार तयार गरिरहेको केन्द्रका कार्यक्रम संयोजक वेद रोकायले बताए ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *