प्रविधि क्षेत्रमा संसारका सबैभन्दा बढि तलब थाप्ने ८ महिला

WOMEN IN ICT_SCIENCE_DIALOG_NEPALनेपालजस्ता मुलुकमा धानी–गरिब र महिला–पुरुषको भेदभाव छ । महिलालाई श्रममा शोषण गरिन्छ भन्ने गुनासो पनि गरिन्छ ।  आजको कारोबार दैनिकमा समीर रेग्मी लेख्छन्– महिलाको संलग्नता उच्च ओहोदामा नहुनु पनि कम विकसित देशकाे समस्या हाे । तर,विश्वमा यस्ता  महिला  पनि छन्, जो पुरुषभन्दा धेरै तलब पाउँछन् र उनीहरु उच्च ओहोदामा पनि छन् । यी हुन् सिलिकन भ्यालीका प्रविधि क्षेत्रका वार्षिक उच्च तलब खाने महिलाहरु ।  १. सफ्रा क्याट्ज सूचना–प्रविधिको तीव्र विकासमा योगदान गर्नेमा महिलाले नेतृत्व गरेका कम्पनीमा संलग्न महिलामध्ये सबैभन्दा बढी तलब खाने महिला हुन् सफ्रा क्याट्ज प्रविधि क्षेत्रका कम्पनीमध्ये उच्च तलब खाने महिला पर्छिन् । उनले ३ करोड ७७ लाख अमेरिकी डलर वार्षिक तलब लिने गरेकी छिन् । उनीसँगै मार्क हर्ड पनि गत वर्ष ओ–याकलको सीइओ भएकी थिइन् । उनीहरुले गत वर्ष ल्यारि इलिसनलाई विस्थापित गरेका थिए । इलिसन विश्वमै बढी तलब खाने कार्यकारी मध्येमा परेकी छिन् ।  २. म्यारिसा मेयरः प्रविधि कम्पनीको सीइओ भएर बढी तलब खानेमा याहुकी म्यारिसा मेयर पनि हुन् । उनले वार्षिक २ करोड ४९ लाख अमेरिकी डलर तलब बुझ्दै आएकी छिन् । याहुले अहिलेसम्म पनि २०१४ को विवरण सार्वजनिक गरेको छैन । तर, २०१३ मा मेयर प्रविधि क्षेत्रको महिला कार्यकारीमा बढी तलब खानेमा परेकी थिइन् ।  ३.मेग ह्विटम्यानः हेलवेट प्याकार्डकी सीइओ मेग ह्विटम्यानले वार्षिक तलबस्वरुप १ करोड ९६ लाख डलर बुझ्दै आएकी छिन् । उनको यो तलब प्रविधि क्षेत्रका महिला सीइओले बुझ्ने गरेको उच्चमध्येमा परेको छ । यो कम्पनीलाई उनले २ छुट्टै कम्पनीको रुपमा विभाजन गर्ने लक्ष्य लिएकी छन् । कम्पनीको विभाजनपछि ह्विटम्यान एचपी इन्टरप्राइजेजको सीइओ र पीसी र प्रिन्टर व्यवसायको अध्यक्ष हुनेछिन् ।  ४. गिनी रोमेटीः गिनी रोमेटी आइबीएमको सीइओ हुन् । उनले वार्षिक १ करोड ९३ लाख अमेरिकी तलब बुझ्दै आएकी छिन् । विगतका वर्षहरुमा अन्य प्रतिस्पर्धीसँग संघर्षरत अवस्थामा रहेका बेला उनको यो पदलाई पनि चुनौतीको रुपमा हेरिएको थियो ।  ५. सेर्ली स्याण्डबर्गः सेर्ली स्याण्डबर्ग फेसबुककी सिइओ हुन् । उनले तलबस्वरुप वार्षिक १ करोड ६९ लाख डलर बुझ्दै आएी छिन् । फेसबुकले हालसम्म पनि गत वर्षको वैकल्पिक विज्ञप्ति सार्वजनिक गरेको छैन । तर, २०१३ लाई आधार मान्ने हो भने उनी विश्वमा नै बढी तलब खाने मध्येमा परेकी छिन् ।  ६. एमी हुडः माइक्रोसफ्टकी सीएफओ एमी हुड पनि प्रविधि क्षेत्रमा बढी तलब खाने महिलामा परेकी छिन् । उनले वार्षिक १ करोड ४० लाख तलब बुझ्ने गरेकी छिन् । सूचना–प्रविधिको क्षेत्रमा काम गर्ने महिलामा बढी तलब खाने विश्वमा उनी छैठौँ स्थानमा छिन् ।  ७. उर्सुला बर्नसः जेरोक्सकी सीइओ उर्सुला बर्नस पनि प्रविधि क्षेत्रका महिलामध्ये बढी तलब खानेमा परेकी छिन् । उनको वार्षिक तलब १ करोड २० लाख अमेरिकी डलर छ । जेरोक्सले हालसम्म पनि गत वर्षको तलब विवरण सार्वजनिक नगरे पनि २०१३ मा उनी विश्वका प्रविधि क्षेत्रमा बढी तलब खाने महिला मध्येमा परेकी थिइन् ।  ८. रुथ पोराटः हाल गुगलकी सीएफओ रहेकी मोर्गान स्ट्यानलीका पूर्व सीएफओको वार्षिक तलब गुगलमा ७ करोड अमेरिकी डलर छ  यो तलबसहित उनी प्रविधि क्षेत्रका महिलामा सर्वाधिक तलब खाने महिलामा परेकी छिन् । स्ट्यानली सन् २०१० देखि नै गुगलसँग आबद्ध छिन् ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *