राजधानीको पाको न्युरोडमा मोबाइल कार्निभल हुने

नयाँ वर्षको अवसर पारेर मोबाइल कार्निभल आयोजना हुने भएको छ । पाको यूथ क्लबको सहितको सहभागीतामा पहिलो पटक आयोजना हुन लागेको मोबाइल कार्निभल २०१५ पाको न्यूरोड, ताम्राकार कम्प्लेक्सका सबै मोबाइल पसल सहभागी हुनेछन् ।

मेला २०७१ चैत २८ गतेदेखि २०७२ वैशाख १ गतेसम्म चल्नेछ ।मोबाइल कार्निभलमा मोबाइल म्यूजिकल कन्सर्ट, मोबाइल फुड फेस्टा, हेल्थ क्याम्प, बालबालिकाको गेमिंग जोन, गणेश पुजा तथा मोबाइल एक्सपो समावेश गरिएको आयोजक संस्था पाको यूथ क्लबका अध्यक्ष अमृतमान मानन्धरले जानकारी दिए ।

अध्यक्ष मानन्धरले नेपालमा नै पहिलो पटक नौलो किसिमले मोबाइल कार्निभल आयोजना गर्न लागिएको बताए । उनले भने, ‘मोबाइल खरिदकर्ताले आकर्षक छुटमा मोबाइल तथा एसेसरिज खरिद गरेर नयाँ वर्षको खुशीयाली बाँडन सक्नेछन् ।‘

कार्निभल तथा नयाँ वर्षको अवसर पारेर ल्याइएको विभिन्न स्किमहरु वैशाख १५ गतेसम्म ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।

कार्निभल अवधिभर १० लाख उपभोक्ताहरुको सहभागिता हुने अनुमान गरिएको आयोजकले जनाएको छ । एसएलसी दिएर बसेका विद्यार्थीहरुलाई लक्की ड्रमार्फत मोबाइल खरिदमा विशेष उपहारसहित छुट दिइने मानन्धरले बताए । उनका अनुसार कार्निभलमा मोबाइल खरिद गर्ने अन्य ग्राहकहरुलाई भने लक्की ड्रद्वारा छुटमा मोबाइल बिक्री गरिनेछ ।

दुईसयभन्दा बढी मोबाइल पसल तथा शोरुमहरु रहेको पाको न्यूरोड तथा ताम्राकार कम्प्लेक्स क्षेत्रमा हाल २५ भन्दा बढि मोबाइल ब्राण्डका आधिकारीक सर्भिस सेन्टरहरु संचालनमा छन् ।

मेलामा सामसङ, हुवावे, माइक्रोसफ्ट तथा नोकिया, सोनी, एप्पल, जियोनी, कलर्स, डिटिसी, माइक्रोम्याक्स, इन्टेक्स, सेलकोन, लाभा, बिक्यू, जोलो, विनकम, फ्लाई, भिडियोकोन, बर्डलगायतका मोबाइल ब्राण्डको सहभागीता रहने छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *