लिडेंमुसा मौसम परिवर्तनको सूचक जनावर

11हिमाली देश नेपालमा पर्न सक्ने जलवायु परिवर्तनको असरबारे विश्व समुदायको ध्यान तान्न सन् २०१० मा नेपालको मन्त्री परिषदको वैठक सगरमाथाको कालापत्थरमा बस्यो ।  त्यही साल समुद्री सतह भन्दा केही मिटर मात्र माथि रहेको देश माल्दिभ्सले आफ्नो मन्त्रिमण्डलको बैठक समुद्रको सतह मुनि राख्यो । यी दुई उदाहरणबाट हामी मौसम परिवर्तनमा विभिन्न मुलुकहरुका सरकारहरुको ध्यानाकर्षण राम्ररी नै भइरहेको बुझ्न सक्छौं । मौसम परिवर्तनले मानव जीवन र देशको भौगोलिक अवस्थामा मात्र नभई उच्च हिमाली भेगमा वसोवास गर्ने सानो स्तनधारी जनावर लिडें मुसाको जीवनमा पनि परेको हुन्छ ।

लिडें मुसा खरायो प्रजातीमा पर्ने सानो जीव हो । यो जीव नेपाल, चीन, भारत, जापान, रसिया र अमेरिकामा पाइन्छ । नेपालमा बोलीचालीको भाषामा लिडें मुसालाई स्थान अनुसार भ्रागोम्जिन, फ्याउमुसा, खरमुसा, आब्रा, हुन्द्र्र्रा, कुम्चेन, पक्पु खोम्जीन आदि नामले चिनिन्छ । संसारमा ३० प्रजातिका लिडें मुसा भएको जानकारी पाइन्छ । नेपालमा यस प्राणीका ५ प्रजातिहरु रहेको अभिलेख
छ । Ochotona curzoniae, O. nubrice, O. thibetana, O. roylai, O. macrotis वैज्ञानिक नाम दिइएका लिडें मुसा हाम्रो देशमा सामान्य वन्यजन्तुको हैसियतमा सूचिकृत छ ।

लिडें मुसाको तौल हालसम्म पाइएका प्रजाति अनुसार १२० देखि १५० ग्रामसम्मको पाइएको छ । यिनीहरुको शरीरको लम्बाई १५ देखि २० से । मी। को हुन्छ । लिडें मुसा एकल बस्न मन पराउने जनावर हो । यिनका बच्चाहरु ढुङ्गाको कापको बीचमा एक आपसमा जिस्किएर खेलिरहेको देख्न
सकिन्छ । यिनीहरुले हिउँदको जाडो समयको निम्ति दैनिक रुपमा हरियो घाँस आफ्नो दुलोमा जम्मा गर्ने गर्छन् । यिनीहरुले जम्मा गरेको घाँसको न्यानोमा केही हिमाली चराहरु बस्ने गर्छन् साथै त्यसलाई अन्य जनावरहरुले पनि आहाराको रुपमा प्रयोग गर्ने गरेको अभिलेख छ । यसै कारण लिडें मुसालाई उच्च हिमाली क्षेत्रको वातावरणीय पारिस्थिति र पद्धती अध्ययनको लागि मुख्य उपयोगी जीव (Key Stone) प्रजातिको रुपमा चिनिन्छ ।

जलवायु परिवर्तनको गम्भिर असर जैविक विविधतामा पर्ने अनुमान गरेको छ । IPCC, 2007 को प्रतिवेदन अनुसार यो शताब्दीको अन्त्यमा विश्वको तापमान ६।४ डिग्री सेल्सेस्ले बढ्ने छ । यो प्रभाबबाट हिमाली देश नेपाल अछुतो हुन सक्दैन । साथै यहाँ वसोवास गर्ने सानो र सुन्दर जनावर लिडें मुसा पनि यसबाट मुक्ति हुन सक्दैन । लिडें मुसा तापमान वृद्धि प्रति अत्यन्तै सम्वेदनशील जनावर मानिन्छ । यो अत्यन्तै चिसो क्षेत्रमा वसोवास गर्ने भएर पनि हिउँदमा लामो आराम (Hibernation) मा जाँदैन । यसको शरीरमा पातलो छाला हुन्छ । यसको शरीरको तापमान करिब १०४।२ डिग्री फरेन्हाइट् पाइएको छ । जुन यस क्षेत्रमा वसोवास गर्ने अन्य जनावरको भन्दा ५९७ डिग्री फरेन्हाइट् ले बढी नै हो । शरीर द्यबकब िदहन प्रक्रिया (Metabolic Rate) बढी हुनु र शरीरको ताप बाहिर प्रवाह गर्न नसक्नुले यसलाई तापक्रम प्रति बढी सम्वेदनशील बनाएको हो । लिडें मुसालाई दुलो बाहिर तापक्रम २९ डिग्री सेल्सेस् भन्दा माथि राखेमा उच्च तापक्रम (Hyperthermia) को कारण मृत्यु हुन्छ । त्यसैले विश्वको उष्णीकरण लिडें मुसाको अस्तित्वको निम्ति सधै खतरा हुन सक्छ ।

प्राप्त भएका अवशेषहरुको अध्ययनको तथ्य अनुसार मंगोलियामा पाईने लिडें मुसा (O. pallasi) को संख्या तीव्र रुपमा घट्दै गइरहेको छ । त्यहाँ उत्खनन गरिएका अवशेषहरु मध्ये ४००० बर्ष अघिका अवशेषहरु यस लिडें मुसाको हाडको अंश २३।६ प्रतिशत थियो । तर यो प्रतिशत १५००९२००० बर्ष पुराना अवशेषहरुमा ७।३ प्रतिशत छ भने २०० बर्ष सम्म पुराना अवशेषहरुमा मात्र ०।४ प्रतिशत छ । यो घटनाले उष्णीकरण बढ्दै गएको मंगोलियाको दक्षिणी भागमा लिडें मुसा घट्दै गएको देखिन्छ । अर्को  अध्ययन अनुसार त्यहाँ पाईने लाटोकोसेरोको दिसा ( Pellets) मा लिडें मुसाको हाडहरुको अंश ३८ प्रतिशत हुन्थ्यो हाल यो २१ प्रतिशत भन्दा कम पाइएको छ ।  अहिले भएको मरुभूमी इरान र टर्कीको सीमा क्षेत्रमा एक प्रकारको चीलको विष्ठामा सन् २००६ मा लिडें मुसाको हाड भेटाइएको थियो । रुफेन्सेन्स् प्रजातिको लिडें मुसा इतिहासको कालखण्डमा इरान, टर्की जस्ता उष्ण तापक्रम हुने देशमा रहेर अहिले लोप भएको घटनाले पनि यो प्राणी तापक्रम वृद्धि प्रति बढी प्रतिक्रियात्मक रहेको छ  भन्ने बुझ्न सकिन्छ ।

अमेरिकाको ग्रेट बासिन (Great Basin) क्षेत्रमा हालै गरेको अनुसन्धानबाट त्यहाँ पाइने O. Princeps प्रजाति त्यहाँको २५ मध्ये सात वासस्थानमा लोप भएका छन् । यसरी जलवायु परिवर्तनको कारणले लोप भएकै कारण अमेरिकी कानूनमा यसलाई संरक्षित जनावरको सूचीमा सूचिकृत गरेको थियो ।

नेपालमा पनि जलवायु परिवर्तनका विभिन्न संकेतहरु देखिन थालेका छन् । वर्षामा हुने गडबडी, फुलहरु समय भन्दा अगाडि नै फुल्न थाल्नु, हिमालमा हिउँको सतह घट्नु साथै हिमपात हुने उचाई बढ्दै जानु, आदि । लाङटाङ राष्ट्रिय निकुञ्जमा सन् २०१० देखि २०१२ सम्मको छोटो अवधिको अध्ययनबाट लिडें मुसाको दुईवटा वासस्थानमा अन्त्य भइसकेको देखिएको छ । लाङटाङ उपत्यकाबाट केही घण्टाको पैदल दुरीमा पर्ने मुन्डु गाँउ र सिन्दुम गाँउको बीचमा एक खोल्सा बग्ने गर्छ । लाङटाङ दोस्रोबाट हिउँ पग्लेर आएको पानी बग्ने उक्त खोल्सामा २०६८ चैत्र महिनामा ठूलो हिउँ पहिरो आयो । हिउँ पहिरोले सिम्दुम गाँउमा २ जना मानिस, केही भेडा, एक घोडाको मृत्यु भयो साथै केही घरहरु नष्ट भए । त्यस खोल्सा वरपरका ढुङ्गाका कापहरुमा लिडें मुसाको वासस्थान थियो । जहाँका सबै ढुङ्गा हिम पहिरोले ल्याएको धूलो, माटो र हिउँले पुरेको थियो । त्यहाँ विगत २ वर्ष देखि लिडें मुसा देखिएको छैन । लाङटाङ राष्ट्रिय निकुञ्जको गोसाइकुण्डको उत्तरी किनारमा प्रशस्त लिडें मुसाको वासस्थान
थियो । सन् १९७१, १९७२ मा केही जापानी वैज्ञानिक र सन् १९९४, १९९७, २०१०, २०११ मा केही नेपालीहरुले गरेको अनुसन्धानमा यस बारे उल्लेख गरेका छन् । तर यहाँ सन् २०१२ को मार्च महिना देखि लिडें मुसा देखिन छोडेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको तापमान वृद्धिको विश्लेषण गर्दा विगत २५ बर्षमा यहाँको दैनिक न्युनतम तापक्रम नियमित रुपमा बढ्दै गइरहेको छ । अधिकतम तापक्रममा थोरै मात्र उतारचढाव भएमा पनि न्युनतम तापक्रम त्यस अनुपातमा अत्याधिक बढीरहेको छ । यस अक्टोवर९ नोभेम्वर महिना बाहेक अन्य महिनामा बर्षाको मात्रा घट्दै गएको देखिन्छ । सन् १९७२ मा २८०० मीटर उचाइ देखि शुरु हुने भनी ब्याख्या गरिएका लिडें मुसा सन् १९९७ का अनुसन्धानकर्ताहरुले ३००० मीटर भन्दा तल देखेनन् । हाल यस राष्ट्रिय निकुञ्जमा लिडें मुसाको वासस्थान ३०६५ मीटर भन्दा तल छैन । यसप्रकार लिडेमुसाको बासस्थानको उचाई बढ्दै जानुमा जलवायु परिवर्तन पनि एउटा महत्वपूर्ण कारण हुन सक्दछ । के लिडें मुसा जलवायु परिवर्तन कै कारण लोप समेत हँुन सक्ला ? जलवायु परिवर्तनको प्रभावले उनीहरुको आनीबानी, ब्यवहार र बासस्थानमा परिवर्तन भएका छन् । यो पारिस्थितिक पद्दतीमा लिडें मुसामा अरु जीवहरु प्नि आश्रित छन् । त्यसैले हाम्रो जैविक विविधतामा मौसम परिवर्तनको असरको सूचना लिडेंमुसाले दिन सक्ने प्रबल संभावना छ । के हाम्रो देशमा पनि लिडेंमुसा मौसम परिवर्तनको सूचक जीव होला ?

लेखकः नारायण प्रसाद कोजु
साभारः विज्ञान लेखमाला, नास्ट

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *