महिलाको सुरक्षाका लागि आयो एप

Rakshya_to_save_you__sciencedialogकाठमाडौं । महिला रक्षाकै लागि भनेर नेपालमा पहिलो पटक एप बनाईएको छ । बढ्दो महिला हिंसालाई मध्यनजर गर्दै रक्षा एप बनाएको वुमन नेपालले जनाएको छ ।

यो एपमा महिलाले कुनै सन्देश पहिले नै टाइप गरेर सेभ गर्नु पर्छ । म अप्ठ्यारोमा परें, मलाई बचाउ जस्ता कुनै पनि सन्देश टाइप गर्ने र त्यो सन्देशको तल आफन्त र महिला सेलको मोबाइल नम्बर सेभ गरेर राख्नु पर्छ ।

जोखिममा परेको बेला मोबाइलको पावर स्वीच दुईपटक दबाउना साथ सेभ भएका नम्बरहरुमा जोखिममा परेकी महिला रहेको स्थान सहित सन्देश पुग्ने र सजिलै उद्दार हुने वुमन नेपालले जनाएको छ । यो प्रविधिले मोबाइल प्रयोगकर्ता महिलाले आफ्नो आत्मारक्षा गर्न सक्ने संस्थाले जनाएको छ । रक्षा एप rakshya.org मा गई डाउनलोड गर्न सकिन्छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *