अब स्मार्टफोनको ब्याट्रीको ब्याकअप हुनेछ दुईगुणा

smart_phone_battery_sciencedialogब्रिटिश कम्पनी डायसनले स्मार्टफोनको लागि यस्तो ब्याट्री बनाउने घोषणा गरेको छ जुन ब्याट्री अहिले बजारमा पाइने ब्याट्रीभन्दा दुईगुणा बढी चल्छ ।

डायसन भ्याकुम क्लिनर बनाउने प्रसिद्ध कम्पनी हो । तर अब उक्त कम्पनीले ब्याट्री बनाउनका लागि एक नयाँ परियोजनाका लागि लगभग पौने दुई करोड डलर लगानी गर्ने तयारी गरिरहेको छ ।

यस परियोजनाको नेतृत्व ब्याट्री बनाउने कम्पनी सैकिट–४ ले लिएको छ । नयाँ लिथियम–आयन ब्याट्रीे सोलिड स्टेट प्रविधिको विकसित रुप हुनेछ । यसको अहिले प्रयोग भइरहेका ब्याट्रीले भन्दा दुईगुणा बढी क्षमता हुनेछ ।

सैकिट–४ परियोजनाका अनुसार यस्तो ब्याट्री उपभोक्तालाई मात्र नभएर निर्माताका लागि पनि किफायती र भरोसायोग्य हुनेछ ।
यद्यपि कम्पनीले यस्तो ब्याट्री बजारमा कहिले आउनेछ भन्ने बारेमा केही खुलाएको छैन । तर डायसन जस्तो चर्चित र ठूलो कम्पनीको आर्थिक सहयोगका कारण यस्तो ब्याट्री छिट्टै बजारमा आउने अपेक्षा गरिएको छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *