माया जाच्ने प्रविधिको विकास …!

love_technology_sciencedialogमुखले एक अर्कालाई माया गर्छु भने पनि मा भित्रको कुरा बुझ्न सार्है गारो हुने गर्दछ |तर पछिल्लो समयमा एक अध्यनले आफुलाई कसैले माया गर्छ कि गर्दैन भन्ने सजिलो शुत्र पत्ता लगाएको छ |

अव तपाइँको जीवनसाथीले तपाइँलाई प्रेम गर्छ कि गर्दैन भन्ने पत्ता लगाउन सकिने भएको छ । चीन र अमेरिकाको न्यूयोर्क युनिभर्सिटीका शोधकर्ताहरुले प्रेमी प्रेमिका वा पति पत्निबीच प्रेम भए नभएको पत्ता लगाउन सकिने प्रविधीको आविस्कार गरेको दावी गरेका हुन् ।यस्तो प्रविधीबाट एक अर्काको प्रेम मापन गर्न सकिने उनीहरुको दावी छ ।

उनीहरुले एक एमआरआइ गरेर मानिसको दिमागको त्यो भागको जाँच गर्नेछन् जो प्रेमको समयमा अधिक सक्रिय हुन्छ । प्रेममा भएको समयमा सक्रिय हुने मस्तिस्कको उक्त भाग जाँच गरेर कसले कसलाई कति प्रेम गर्छ भन्ने जाँच्न सकिने शोधकर्ताहरुको दावी छ ।

कुनै पनि ब्यक्तिको मनमा कुनै ब्यक्तिप्रति प्रेम छ भने उक्त ब्यक्तिलाई भेट्दा दिमागको उक्त भागमा भावनात्मक नियन्त्रणको प्रक्रिया देखिने र सक्रियताका आकारमा प्रेम मापन गर्न सकिने शोधकर्ताहरुले बताएका छन् ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *