सरकारले तोक्यो औषधिको अधिकतम मूल्य (सूचीसहित)

medicine-price-in-nepal_sciencedialogसरकारले औषधिको अधिकतम मूल्य तोकेको छ । नेपालमा बेचिने गरेका २१ प्रकारका औषधिको अधिकतम मूल्य सरकारले तोकेको हो ।

विक्रेताले मनपरी मूल्य असुलेर हैरान उपभोक्तालार्इ सरकारको यो निर्णयले थोरै भएपनि राहत दिएको छ । एकै प्रकारका औषधि पनि फरक मूल्यमा किन्नुपर्ने बाध्यताकारण उपभोक्ता ठगिँदै आएका थिए ।

स्वास्थ्य सेवा विभागले पहिलो चरणमा झाडापखला हुँदा खाने जीवनजल र नवजीवनको मूल्य तोकेको छ । त्यसैगरी जुकाको औषधि अल्बेन्डाजोल, पारासिटामोल र स्लाइनहरुको अधिकतम मूल्य तोकिएको हो ।

सरकारले तोकेको मूल्यअनुसार अब एक ट्याब्लेट पारासिटामोल बढीमा १ रुपैयाँमा किन्न सकिनेछ । अधिकतम मूल्य तोकिएका औषधिहरुको मूल्यसूची तल उल्लेख गरिएको छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *