स्मार्टफोनसँग छुटाउनै नहुने पाँच चीज

Smartphone-Technology_sciencedialogस्मार्टफोन जीवनको यति अभिन्न अंग बनिसक्यो कि, शौचालय जाँदासमेत मानिसको साथबाट छुट्दैन् । तर, जीवन सहज बनाउन स्मार्टफोन एक्लै पर्याप्त हुँदैन् । स्मार्टफोनको सुरक्षा र सहजताका लागि तपाईले केही थप उपकरणहरु बोक्नुपर्छ जसले तपाईको स्मार्टफोन प्रयोगको अनुभवलाई अतुलनीय बनाइदिन्छ ।त्यसो भन्दैमा तपाईले फोनसँगै दर्जनौं एसेसरिज बोकिहिड्नु पनि पर्दैन् । आज हामी तपाईलाई यस्ता पाँचवटा आधारभूत चीजबारे जानकारी दिँदै छौं, जसलाई साथ लिएपछि तपाईको स्मार्टफोन सुरक्षित हुनेछ र स्मार्टफोन प्रयोगमा सहजता पनि ।

१. स्क्रिन सुरक्षा कवच
तपाईंको स्क्रिन कोरिनबाट जोगाउन ‘स्क्रिन प्रोटेक्टर’ सवैभन्दा महत्वपूर्ण साधन हो । स्मार्टफोन नियमित प्रयोग गर्दा स्क्रिन कोरिने र त्यसै कारण फोन छिटै पुरानो र कुरुप देखिने हुन्छ ।

स्क्रिनमा बाहिरबाट टाँसिने प्लास्टिक कभर नै स्क्रिन प्रोटेक्टर हो । निकै कम मूल्यमा पाइने यस्ता प्रोटेक्टरले तपाईको हजारौं रुपैयाँ पर्ने महंगो फोनको स्क्रिन जोगाइदिन्छ । स्क्रिन प्रोटेक्टर प्रयोगले टच स्त्रिmनको कार्यक्षमता कमजोर हुने भ्रम रहे पनि त्यो सत्य हैन् । बजारमा बिभिन्न सुबिधायुक्त स्क्रिन प्रोटेक्टर उपलब्ध छन् ।

२. फोन कभर
नयाँ स्मार्टफोन किन्दात्यसको डिजाइन यतिआर्कषक हुन्छ कि यस्तो राम्रो फोनलाई किन कुरुप कभरभित्र लुकाएर राख्ने भन्ने लाग्छ सक्छ । तर, त्यही स्त्रिmन कभर तपाईको महंगो फोनको सुरक्षाकवच हो, जसले कुनै पनि बेला फोन हातबाट खस्दा समेत जोगादिन्छ । हाम्रो जस्तो धुलोयुक्त मुलुकमा धुलोका कारण फोन कोरिने र फोहोर हुने समस्या पनि धेरै हुन्छ ।

त्यसैले महंगो होस् वा सस्तो, फोन कभरको प्रयोग अनिवार्य हुन्छ । फोनको डिजाइन र ब्राण्ड हेरी तपाईले आर्कषक कभर छान्न सक्नुहुन्छ । अहिले फोन भन्दा पनि आर्कषक फोन कभर बजारमा पाइन्छन् । कतिपय फोन उत्पादकहरुले अहिले फोनसँगै कभर पनि दिन थालेका छन् ।

head-phone३. हेडफोन
हेडफोन स्मार्टफोनका लागि सवैभन्दा नभई नहुने उपकरण हो । यदि तपाई संगीत प्रेमी हो भने हेडफोन अनिवार्य नै हो । त्यसबाहेक लामो समय फोनमा कुरा गर्नुपर्ने अबस्थामा हेडफोन नभई हुँदैन । त्यसैले सवैजसो फोन उत्पादकले अहिले फोन सेटसँगै हेडफोन पनिसित्तैमा दिन्छन् । यसरी सँगै प्राप्त हेडफोन कुनै अत्यन्तै उत्कृष्ट हुन सक्छन त कुनै औसत । यदि तपाई स्माटर्ंफोनका माध्यमबाट धेरै म्यूजिक सुन्नुहुन्छ भने तपाईले थर्ड पार्टी हेडफोन रोज्नु उपयुक्त हुन्छ । हेडफोन उत्पादनमै केन्द्रीत बिभिन्न कम्पनीले उत्पादन गरेका ५ सय रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मका हेडफोन बजारमा उपलब्ध छन् ।

४. ब्याट्री ब्याकअप/कार चार्जर
फोनको प्रयोग अत्यधिक गर्नुपर्ने अबस्थामा ब्याट्री दिनभर नटिक्न सक्छ । हुनत पछिल्ला दिनमा सवैजसो फोन उत्पादकहरुले ब्याट्रीको क्षमता बढाइरहेका छन, तैपनि त्यो पर्याप्त भने छैन् । त्यसैले फोन अफ भई सम्पर्क बिच्छेद हुने अबस्थाबाट जोगिन तपाईंले ब्याट्री ब्याकअप साथै बोकिराख्नु बुद्धिमानी हुन्छ । यदि चारपाङ्ग्रे सवारी साधन प्रयोग गर्नुहुन्छ भने गाडीभित्रै फोन चार्ज गर्ने सुबिधा पनि हुन्छ । यस्तो अबस्थामा ब्याट्री ब्याकअप वा कार चार्जर साथै बोक्नु अनिवार्य हुन्छ ।

५. सफा गर्ने कपडा
फोनलाई फोहोर र धुलोबाट सफा गरिराख्नु पर्छ । तर, जस्तो पायो त्यस्तै कपडाले फोनको स्किन पुछ्नु हुँदैन् । बजारमा स्मार्टफोन सफागर्ने टुल र कपडाहरु पाइन्छन् । विर्सन नहुने कुरा के हो भने तपाईले कहिले पनिग्लास क्लिनर केमिकलले स्मार्टफोनको टच स्क्रिन सफा गर्नु हुँदैन् ।

स्मार्टफोनसँगै आबश्यक पर्ने यी उपकरणहरु तपाईले कुनै सजिलो ब्यागमा बोक्न सक्नुहुन्छ जसले गर्दा यी सामाग्री छुट्ने चिन्ता पनि हुँदैन् ।

-पीसी म्यागेजिनबाट

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *