पश्चिम चितवनका एक वृद्धको गैँडा आक्रमणबाट मृत्यु

rhino

नारायणी नगरपालिका– ३ स्थित बुद्धनगरका स्थानीयवासी ६२ वर्षीय बुद्धिप्रसाद अर्यालको गैँडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ।

रतनी हरियाली सामुदायिक वनमा शनिबार भएको सरसफाइ कार्यक्रममा सहभागी हुन जाने क्रममा उहाँलाई गैँडाले आक्रमण गरेको थियो।

आक्रमणबाट गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

पछिल्लो समयमा सामुदायिक वनमा वन्यजन्तुको बासस्थान बढेको छ। बाघ, गैँडा, बँदेललगायतका वन्यजन्तु सामुदायिक वनमा प्रशस्तै आउन थालेपछि तिनले बेलखाबखत मान्छेलाई आक्रमण गर्ने गरेका छन्। रासस –

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *