लोप हुँदै गयो ढिकीजाँतो

 

download (2) download (3)

परम्परागत रुपमा प्रयोग हुँदै आएको प्रविधि विस्तारै लोप हुन थालेको छ । दैनिक जीवनमा प्रयोग हुने प्रविधि आधुनिकतासँगै परम्परागत औँजारको लोप थालेको हो।

मकै, कोदो, फापर आदि पिस्ने जाँतो, धान कुट्ने ढिँकी, उखु पेल्ने कोल, तोरी पेल्ने र अमिलो पेल्न कोलसमेत आधुनिक प्रविधिको विकाससँगै लोप हुन पुगेको स्थानीय बासिन्दा बताउँछन्।

पहिला ढिँकीजातोमा खाने कुरा कुटानी, पिसानी गर्नुपर्ने बाध्यता रहेकोमा गाउँ–गाउँमा कुटानी पिसानीका लागि मिल सञ्चालन आएसँगै परम्परागत औजार गाउँ तथा सहरमासमेत देख्न मुस्किल हुन लागेको हो।

जोत्नका लागि प्रयोग गरिने हलो, जुवा र नारासमेत पावर टेलरका कारण अधिकांश स्थामा लोप हुने अवस्थामा पुगेको हो । छिटो र छरितो रुपमा काम सम्पन्न हुने भएपछि मानिस परम्परागत रुपमा सञ्चालित प्रविधि भन्दा आधुनिक प्रविधिप्रति आकर्षित भएका हुन्। आधुनिक प्रविधिले गर्दा रातै बिताउनुपर्ने बाध्यता हटेको छ।

ख्याह गाविसका विष्णुप्रसाद पोखरेलका अनुसार पहिला निकै मेहेनत गरी कुटानीपिसानी गर्नुपर्ने बाध्यता रहेकोमा अहिले गाम्रीण क्षेत्रमा कुटानीपिसानी गर्ने मिल सञ्चालन भएपछि सजिलो भएको छ।

परम्परागत प्रविधिको लोप हुन लागेको र यसको संरक्षण तथा पर्यटन आकर्षणमा युवापुस्ताका लागि पर्नुपर्ने आवाज पनि उठेको छ। रासस

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *