सेनाले किन्यो स्वदेशमै बनेको बम डिस्पोजल रोर्बोट

robot

 

नेपाली सेनाले बम डिस्पोजल रोर्बोट खरिद गरेको छ । गणेश बिक्रम सिंह आले मगर जीबिएस टिमसँग सेनाले सो बम डिस्पोजल रोर्बोट खरिद गरेको हो । सेनाले मिलिटरी भर्सन मा अपग्रेड गरी डिस्पोजल रोर्बोट खरिद गरेको जनाएको छ ।

२०७० चैत्र २६ गते नेपाली सेनाको प्रमोटाइप डेभलपमेन्ट टिमले आयोजना गरेको मिलिटरी साइनस एण्ड टेक्नोलोजी कम्पिटिसनमा प्रथम भएको बम डिस्पोजल रोर्बोट खरिद गर्न गत भदौं भाद्र २८ गते सम्झौता भएको थियो ।

जंगी अड्डामा भएको समारोहमा मगरले प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई बम डिस्पोजल रोर्बोट हस्तान्तरण गरेका हुन् । यस किसिमको बम डिस्पोजल रोर्बोटको खरिदबाट नेपाली उत्पादकलाई प्रोत्साहन मिल्नुको साथै उबडखावड जमिन, सानातिना झाडी÷बुट्यान, सडक छेउछाऊ तथा घरको भुइ तल्लामा रहेको आइइडिहरु सुरक्षित तवरले सहज रुपमा डिस्पोज गर्न मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *