सुरक्षा निकायमा बायो ग्यास प्लान्ट स्थापनाको कार्ययोजना

bio-gas

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको प्राविधिक सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै ब्यारेकमा खाना पकाउने ग्यासलाई प्रतिस्थापन गर्न डेढ वर्षभित्रै बायो ग्यास प्लान्ट जडान गरिने भएको छ । सरकारले तीनवटै सुरक्षा निकायमा बायो ग्यास प्लान्ट स्थापनाको कार्ययोजना ल्याएको छ ।
तीनवटै सुरक्षा निकायका ५ सय ४० वटा ब्यारेकमा एक/एकवटा बायो ग्यास प्लान्ट जडान गरिनेछ । प्लान्टले ब्यारेकमा रहेका शौचालयहरूको शौच र जैविक फोहोरबाट बायो ग्यास उत्पादन गरी २ लाखभन्दा बढीको संख्यामा रहेका सेना, सशस्त्र र प्रहरीका लागि खाना पकाइनेछ ।
केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालका अनुसार तीनवटा सुरक्षा निकायका व्यारेकमध्ये ५ सय ४० वटा बायो ग्यास प्लान्ट राख्न फिजिबल छन् । सशस्त्रमा १ सय ९०, नेपाल प्रहरीमा २ सय, नेपाली सेनाका १ सय ५० ब्यारेकमा बायो ग्यास प्लान्ट स्थापना गरिनेछ ।
५ सय ४० वटा ब्यारेकमा बायो ग्यासमा खाना पकाउन थालेपछि तीनवटा सुरक्षा निकायमा वर्षेनि प्रयोग हुँदै आएको ६० हजारभन्दा सिलिन्डर ग्यास प्रतिस्थापन हुनेन् । त्यसबाट तीनवटा सुरक्षा निकायको वर्षेनि ग्यासमा खर्च हुने ९ करोड रुपैयाँभन्दा बढी बचत हुनेछ । ५ सय ४० वटा बायो ग्यास स्थापना गर्न ३३ करोड रुपैयाँ लाग्ने अनुमान केन्द्रको छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *