देउराली जनता रजत जयन्तीमा

dj

२०७२ /१०/ १३
औषधि उत्पादक कम्पनी देउराली जनताले आफ्नो स्थापनाको पच्चिसौं बर्ष पार गरेको छ । राजधानिमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले स्वदेशी औषधि उत्पादक कम्पनीको रुपमा देउराली जनता आफ्नो छुटै पहिचान बनाउन सफल रहेको बताउनु भयो ।
२०४५ सालमा सरकारबाट इजाजत लिई २०४७ साल बाट कूल पचास लाखको पुँजिबाट आफ्नो ब्यबसायिक यात्रा सुरु गरेको देउराली जनताले पच्चिसौं बर्ष सम्म आइपुग्दा एक अर्ब बिस करोड पचास लाखको पुँजिबाट ४० प्रतिशतको स्वदेशी औषधि बजारमा आफ्नो पर्तिषपर्दा गर्दै छ । नेपालको औषधि बजारमा अजैपनी ६० प्रतिशतको हिशा भारत लगायत बिदेशी कम्पनीको रहँदै आएको छ । iso9001,iso-14001 /WHO GMP   प्रमाणित देउराली जनताले २०६७ साल देखि आफ्नै उद्योग परिसरमा अनुसन्धान एबं बिकास केन्द्रको स्थापना गरि त्रिभुबन बिश्व बिद्यालय र काठमाडौं बिश्व बिद्यालय सँगको सहकार्यमा अनुसन्धान गरिरहेको शर्माले बताउनु भयो ।
तिन सय पचास भन्दा बढीलाई रोजागारीको अबसर प्रदान गरेको कम्पनीले आफ्ना तिन सयको सँख्यामा रहेको औषधिका उत्पादनलाई ५ वटा डिभिजन मार्फत नेपालभर बजार ब्यबस्थापन गर्दै आएको छ । भारतको अघोशित नाकाबन्दी लगाएत उर्जा संकटले औद्योगिक क्षेत्र नराम्ररी प्रभाबित भएको बताउँदै शर्माले अगामी केहि बर्ष भित्रमै Natural Product  को पनि उत्पादनको लागी आफ्नो अनुसन्धान एबं बिकास केन्द्रले काम गरिरहेको बताउनु भयो ।
देउराली जनता स्वदेशी औषधि उत्पादक कम्पनी मध्यबाट आर्थिक बर्ष २०६९/७० र २०७०/७१ को सबै भन्दा बढी राजश्व तिर्ने कम्पनीको रुपमा समेत सरकारबाट सम्मानित भइसकेको छ । कम्पनीले आफनो रजत जयन्ती माघ १६ गते आफनो उद्योग परिसर धापासीमा मनाउँदै छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *