दिगो ग्रामीण जीविकोपार्जनको लागि ऊर्जा

IMG_1674

प्राक्टिकल एक्शन दक्षिण एशिया क्षेत्रिय कार्यालय र वैकल्पिक ऊजा प्रवद्र्धन केन्द्रले साझेदारीको “दिगो ग्रामीण जीविकोपार्जनको लागि ऊर्जा” नामक परियोजनाको कार्यशाला गोष्ठी आयोजना गरेका थिए । परियोजनाको उद्देश्य लघु जल विद्युत परियोजनाको आम्दानी वृद्धि गर्न र यसको दिगोपनको लागि उत्पादित ऊर्जा खपत हुने उद्यमहरुको प्रवद्र्धन गरि ग्रामीण जीवनस्तरमा सुधार ल्याउन सहयोग पु¥याउनु बताएका थिए ।
त्यस अबसरमा बताए अनुसार नेपालमा लगभग २५०० भन्दा बढि लघु जलविद्युत प्रणालीहरु ग्रामीण विद्युतिकरणको लागि जडान भएका छन् । सरकारी अनुदान, विभिन्न दातृ निकायको आर्थिक तथा प्रविधिक सहयोग र समुदायको आर्थिक र श्रमदानबाट यी प्रणालीहरु जडान भएका हुन् । तर जडान भएका धेरै जसो लघु जलविद्युत प्रणालीहरुले विश्वसनीय विद्युत आपूर्ति सुनिश्चित गर्न सकिरहेका छैनन् । यसको मुख्य कारण यी लघु जलविद्युत प्रणालीहरुको कमजोर नगद आम्दानी हो जसको कारणले गर्दा आवश्यक मर्मत सम्भार पनि गर्न लघु जलविद्युतका समितीलाई गाह्रो भईरहेको अवस्था छ । कमजोर नगद आम्दानी हुनुको प्रमुख कारण लघु जलविद्युतले उत्पादन गर्नेे बिजुली पुरा रुपमा प्रयोग नहुनु हो । प्राय जसो बिजुली घरधुरीमा बक्ति बाल्न मात्र प्रयोग भईरहेको छ तर दिउँसो लद्यु जलविद्युतको बिजुली खासै प्रयोगमा आईरहेको छैन । अर्को तिर भने ग्रामीण उद्योगहरु बिजुली नभएको, उचित प्राविधिक तथा व्यवस्थापन गर्न सक्ने क्षमता नभएको र बाह्य बजार संग सम्बन्ध नभएको कारणले गर्दा सही तरिकाले संचालन र वृद्धि हुन सकिरहेको छैन ।
गत बर्ष देशका ३६ वटा लद्यु जलविद्युत क्षेत्रमा काम भईरहेकोेमा भुकम्पको कारणले केहि जिल्लामा सो कार्यक्रम स्थगित गरि यस बर्ष ३ जिल्लामा साथै भारतको उडिसा प्रान्तको कोरापुत जिल्लामा ९५ उद्योगमा सहयोग पुग्ने गरी कार्यक्रम संचालन भएको बताएकम छन् । उक्त परियोजनाले ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम अन्तर्गतको उत्पादन मुलक ऊर्जा प्रयोग कार्यक्रमको लक्ष प्राप्तिको लागि समेत सहयोग गरेको त्यस कार्यक्रम मार्फत आएको छ ।
सहभागितामूलक बजार प्रणाली विकास अवधारणा अनुसार उक्त परियोजनाको कार्यन्वयन विभिन्न सरोकारवालाहरु, सीमान्तकृत समूहका प्रतिनिधि र लक्षित समुदायका मानिसहरुको सहभागिता छ । परियोजनाले उद्यमीलाई अनुदान मात्र नभई बजार कर्मीहरुको सहभागिताको लागि उनीहरुको आवश्यकता अनुसार क्षमता अभिवृद्धि तथा सशक्तिकरण गर्नुका साथै उद्यमीहरुलाई व्यवसायिक योजना बनाउन, बजार संग सम्पर्क गर्न, जोखिम व्यवस्थापन गर्ने क्षमता वृद्धि गर्ने कार्यहरु तथा अन्तरक्रिया कार्यक्रमहरु पनि गरिरहेको छ । उक्त परियोजनाबाट करिब ३५,००० ग्रामिण मानिसहरु भरपर्दो बिद्युत सेवाबाट लाभन्वावित भईरहेका छन् भने ९५ घरेलु तथा साना उद्योगहरु स्थापना वा सुधार भएको तथ्याङ्क सार्बजनिक भएको छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *