विश्वबजारको ७ वर्षपछि नेपालमा 4G

मोवाइल प्रविधिको आधुनिक प्रविधि चौथो पुस्ताको सेवा नेपालमा आजबाट सुरु भएको छ। विश्वबजारमा आएको ७ वर्षपछिमात्र नेपाल टेलिकमले नेपालमा पहिलोपटक यो सेवाको सुरुवात गरेको छ।
काठमाडौं र पोखराबाट सेवा सुचार गरेको टेलिकमले हालको लागि अरु क्षेत्रमा बसोबास गरिरहेकोहरुले भने यो आधुनिक प्रविधिको उपभोग गर्न नपाउने भएका छन्।
फोर जी सेवा डाटा केन्द्रित भएकोले यो सेवा स्वभाविक रुपमा क्षमतामा आधारित हुने र त्यही अनुसार थ्री जी र टुजी जस्तो सर्वव्यापक उपलब्ध नहुने टेलिकमका साहयक प्रवक्ता सोभन अधिकारीले बताए।
हाल ३२ दशमलब ४ प्रति एबिपिएसको अधिकतम गति रहेको टेलिकमकी प्रबन्ध निर्देशक कामिनीराज भण्डारीले जानकारी दिइन्। ४१ एमबिपिएससम्मको गतिमा उपलब्ध गराउन सकिने भएपनि हाल ५ मेगाहर्ज ब्यान्डवीथमात्र टेलिकमसँग भएकाले ग्यारेन्टेड गति दिनको लागि ३२ नै राखिएको अधिकारीहरुको भनाई छ।
माघ २२ गते टेलिकमको वार्षिकोत्सवको अवसरमा व्यावसायिक रुपमा फोरजीको सुरुवात गरिने र त्यसपछि मूल्य देखि फोर जी विशेष प्याकेज पनि ल्याइने अधिकारीहरुले बताएका छन्।

हालको लागि थ्री जीकै मूल्यमा उपलब्ध फोर जी उपलब्ध गराउने भएपनि व्यावसायिक लन्चपछि मूल्यमा पनि हेरफेर हुने अधिकारीहरुले बताएका छन्।
व्यावसायिकरुपमा फोर जीलाई थ्री जीकै मूल्यमा उपलब्ध गराउन असम्भ हुने भएकोले बरु आकर्षक प्याकेज ल्याएर मूल्य केही बढ्न सक्ने उनीहरुले बताएका छन्।
३६ लाख अमेरिकी डलर खर्च गरेर फोरजी सेवा सुचारु गरेको टेलिकमले पहिलो चरणको फूल फेज सेवामा साढे तीनलाख भन्दा बजारको मागअनुसार सेवा विस्तारलाई प्राथमिकता दिँदै अगाडि बढ्ने बताएको टेलिकमले दोस्रो चरणमा बाँकी १५ वटा शहरहरुमा सेवा आरम्भ गर्ने प्रवक्त वैद्यले जानकारी दिइन्।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *