उपत्यकामा तरकारी र फलफूल भित्रने नाकालाई लक्षित गरेर परीक्षण शुरु

 

विषादी हालेको तरकारी कालीमाटी बाहेक अरु बजारमा पनी बिक्री हुन थालेपछि बाली संरक्षण निर्देशनालयले उपत्यकाका अन्य स्थानमा समेत विषादी परीषण सुरु गरेको छ ।
उपत्यकामा तरकारी र फलफूल भित्रने नाकालाई लक्षित गरेर परीक्षण थालिएको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले जानकारी दिनुभयो ।
थानकोट, फर्पिङ, बालाजु, जगातीलगायत उपत्यकामा तरकारी भित्रने नाका लक्षित गरेर तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण थालेको शर्माको भनाइ छ । “कालीमाटी बजारमा मात्रै विषादीको परीक्षण हुँदा अन्य स्थानमा विषादी भएका तरकारीरफलफूल बिक्री हुनसक्ने देखियो,” उहाँले भन्नुभयो ।
कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा दुई वर्षदेखि विषादी अवशेष द्रूत विश्लेषण इकाइको स्थापना गरेर नियमित परीक्षण गरिँदै आएको छ । परीक्षण सुरु हुँदा दैनिक तीनर चार वटासम्म नमुनामा विषादी पाइए पनि अहिले महिनाको एकरदुईवटा नमुनामा मात्रै विषादी पाइन थालेको शर्मा बताउनुहुन्छ । नेपालमा अत्यन्त घातक मानिने १६ वटा विषादी प्रयोग गर्न प्रतिबन्ध लगाएको
प्रतिबन्धित  विषादीहरुमध्य १४ वटा यस प्रकार छन् ःChloride, DDT, Dieldrin, Andrin, Aldrin, Hectochlore, Mirex, Texaphene, BHC, Linden, Organomercury Fungicides, Methyl parathion, and Monocrotophus.        

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *